फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने
काठमाडौँ । एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनल प्रवेशका लागि नेपालले ओमानसँग खेल्ने भएको छ ।
शुक्रबार भएको खेलमा हङकङसँगको फराकिलो हार बेहोर्दै समूह बी को उपविजेता बनेको ओमानले आइतबार हुने पहिलो सेमिफाइनलमा नेपालको सामना गर्नेछ । ओमान र नेपालबीचको सेमिफाइनल खेल आइतबार बिहान ७ः१५ मा सुरु हुनेछ । नेपाल आफ्नो समूहमा अपराजित रहँदै समूह विजेता भएको हो ।
समूहमा रहेको नेपालले चीन र मलेसियासँग फराकिलो अन्तरमा जित निकालेको थियो । नेपाल र ओमान तथा दोस्रो सेमिफाइनल खेल्न लागेका हङकङ र मलेसियाले सेप्टेम्बरमा जापानमा हुने एसियाली खेलकुदको पुरुष क्रिकेटका लागि छनोट भइसकेका छन् ।
एसियाली खेलकुदको पुरुष क्रिकेटमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान तथा जापान यसअघि नै छनोट भइसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्