यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता : लुम्बिनी, सुदूरपश्चिम र गण्डकीको विजयी सुरुवात
काठमाडौँ । यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन लुम्बिनी, सुदूरपश्चिम तथा गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा कर्णालीको सुर्खेतमा शुक्रवारबाट सुरु प्रतियोगिताको पहिलो दिन घरेलु प्रदेश, कोशी र बागमती पराजित भएका हुन् ।
कालिन्चोक क्रिकेट मैदान सुर्खेतमा भएको उद्घाटन खेलमा लुम्बिनीले कर्णालीलाई ५४ रनले पराजित गर्यो । लुम्बिनीले दिएको १४५ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ९ विकेट गुमाएर ९० रनमा समेटियो ।
शुक्रवारै भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कोशीलाई ८९ रनले पराजित गर्यो । सुदूरपश्चिमले दिएको १५१ रनको लक्ष्य पछ्याएको कोशी ६१ रनमा समेटिएको थियो ।
शुक्रवारको अन्तिम तथा तेस्रो खेलमा गण्डकीले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो । बागमतीले दिएको ९६ रनको लक्ष्य गण्डकीले १८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
प्रतियोगितामा ७ प्रदेशका प्रादेशीक टिमहरूको सहभागिता रहेको छ । सिङ्गल राउण्डमा हुने लिगको शीर्ष २ मा रहने टोलीका बीचमा असार १ गते फाइनल खेल हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्