झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु
झापा । झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ ।
झापाको हल्दिवारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी आज अपराह्न मृत अवस्थामा फेला परेकी थिइन् ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।








प्रतिक्रिया राख्नुहोस्