तपाईँ सुन्दै हुनुहुन्छः

सूर्योदयमा पिकअप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

इलाम । इलामको सूर्योदय नगरपालिका–४ मा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

नगरपालिका–४ स्थित खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र.१–०१–००१ ज ३५३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसे र दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार आज मध्यान्न करिब १२ बजे दुर्घटना भएको थियो । 

चालक सूर्योदय नगरपालिका–४ बमजम डाँडा निवासी ४५ वर्षीय बिलास राई गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि फिक्कल अस्पताल लगिएकोमा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन।

यस्तै, सहचालक सूर्योदय नगरपालिका–४ श्रीबुङ निवासी २० वर्षीय कुन्दन वाईबा घाइते भई श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका सोही स्थानका ४३ वर्षीय विशाल थुलुङ राईलाई थप उपचारका लागि बिर्तासिटी अस्पताल, झापा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button