प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

डडेल्धुरा । डडेल्धुरामा प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको आज उद्घाटन गर्नुभएको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा डडेल्धुरामा सुरु भएको १६औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोकबहादुर खड्काको सभापत्विमा आयोजित कार्यक्रममा मन्त्री खड्काले खेल क्षेत्रको बिकास र सम्भावनाका लागि सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो ।
“सीमित साधन श्रोत छ त्यसैमा हरेक क्षेत्रमा बजेट विनियोजित गर्नुपर्ने चुनौती छ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले आगामी बजेटमा खेलकुद क्षेत्रमा प्राथमिकता रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मन्त्री खड्काले खेलकुद क्षेत्रमा आवश्यकता अनुसार सरकारले बजेट विनियोजित गर्न नसकेको कुरा यर्थात भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश नीति आयोगका सदस्य शेरबहादुर भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख गगनसिँह भण्डारी, अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, सिखर नगरपालिकाका नगर प्रमुख दिर्घबहादुर बलायर, नवदुर्गा गाउँपालिकाका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीलगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
प्रतियोगितामा ९ वटै जिल्लाका करिब ९ सय खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स लगायतका खेलहरू बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्