सुदूरपश्चिम प्रदेश स्तरीय भलिबल प्रतियोगिता सुरु
डडेल्धुरा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी सुदूरपश्चिम प्रदेश स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताबाट खेलाडी छनौट गरिने कार्यक्रम रहेको छ । सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा जिल्लामा प्रदेशका ९ वटै जिल्लाका टिमहरू सहभागी भएका छन् ।
दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको औपचारिक उद्घाटनपछि दार्चुला र बझाङको पुरुष भलिबलतर्फ दार्चुलाले जित हात पारेको छ ।
यसैगरी डोटी र बाजुरा बिचको भएको पुरुष भलिबल प्रतियोगितामा डोटी विजयी भएको छ । प्रदेश स्तरीय प्रतियोगिताहरू अधिकांश कैलाली वा कञ्चनपुरमा मात्रै हुने गरेकोमा अहिले डडेल्धुरामा सञ्चालन हुनु पहाडी जिल्लाका लागि ठूलो उपलब्धि भएको डडेल्धुरा खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरबहादुर भण्डारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्