पृथ्वीचोकमा रहेका राजनीतिक दलका भवनहरूमा महानगरले चलायो डोजर
पोखरा । पोखराको पृथ्वीचोकमा सरकारी जग्गामा निमार्ण भएका सहारा क्लब, सामुदायिक सेवा केन्द्र, जिफन्ट र ट्रेड युनियन कङ्ग्रेस लगायत सङ्घसंस्थाले बनाएका भवनमा पोखरा महानगरले डोजर चलाएको छ । बिहीबार बिहानदेखि पोखरा महानगरपालिकाले डोजर चलाएको छ । ती संस्थाहरूले आफै सामान हटाएपछि बिहीबार डोजर लगाएर भवन भत्काउन थालिएको हो ।
पोखरा बसपार्कको जग्गा खोज्दै गरेको महानगरले सार्वजनिक जग्गामा निर्माण भएका उस्ता संरचना खाली गर्न यस अघिनै सूचना जारी गरेको थियो ।
पोखरा महानगरपालिकाले पृथ्वी चोकको मूल सडक भएर हङकङ बजार हुँदै नयाँ बजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने भएपछि ती ठाउँमा व्यवसायीले धमाधम सटर खाली गरेका हुन् । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गा अतिक्रमण विभिन्न संघ संस्थाले ठुला ठुला भवनहरू बनाएका थिए ।
त्यहाँ रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाइएको छ ।
महानगर प्रमुख धनराज आचार्यले जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाएर त्यस क्षेत्रमा दुई लेनको सडक बनाइने बताउनु भएको छ । यस क्षेत्रमा राजनीतिक संरक्षणका आडमा ती भवनलाई भाडामा लगाएर सीमित संस्थाले गैरकानुनी रूपमा आर्थिक आर्जन गर्दै आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्