सुदूरपश्चिम प्रदेशसभा बैठक : दुई वटा विधेयक टेबल

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा दुई वटा विधेयक टेबल गरिएको छ।
प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा “सुदूरपश्चिम प्रदेश बरघर र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” र “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” टेबल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम १०७ को उपनियम (१) बमोजिम ती दुवै विधेयक प्रदेश सभा बैठकमा टेबल गर्नुभयो ।
प्रदेश सरकारले “टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक” २०८१ चैत्र ३ गते र “बरघर तथा भलमन्सा प्रथा संरक्षण विधेयक” २०८ जेठ २ गते प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।








प्रतिक्रिया राख्नुहोस्