तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयको महत्वपूर्ण योगदान : मन्त्री पोखरेल

oplus_0

जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले देशमा रोजगारी तथा पूँजी निर्माणमा संस्थागत विद्यालयहरूको महत्वपूर्ण योगदान रहेकाले बन्द गर्ने हल्लामा कुनै सत्यता नभएको बताउनुभएको छ । 

मन्त्री पोखरेलले जनकपुर क्षेत्रका संस्थागत विद्यालयका सञ्चालकहरूसँग आज जनकपुरधाममा छलफल गर्नुहुँदै मन्त्री पोखरेलले आफूले पदभार ग्रहण नगर्दै बजारमा नीजि विद्यालयहरू सरकारले बन्द गर्ने हल्ला चलाउने काम भएकोमा दुःख व्यक्त गर्नुहुँदै नीजि विद्यालयहरूलाई सरकारले सहयोगी पाटनरको रुपमा हेर्ने गरेको बताउनुभयो । 

कानूनले व्यवस्था गरेअनुसार १० प्रतिशत छात्रवृत्ति अनिवार्य रुपमा पारदर्शी रुपमा प्रदान गर्न अनुरोध गर्नुहुँदै मन्त्री पोखरेलले  ऐन कानूनलाई ईमान्दारी पूर्वक पालना गरिदिनका लागि नीजि विद्यालयका सञ्चालकहरूसँग आग्रह गर्नुभयो । 

उहाँले पाठ्यक्रममा एकरुपता ल्याउनका लागि पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले दुई दिनको बिदाले कतिपय देशमा विद्यार्थी तथा शिक्षकहरू बढी उत्पादनशील बनाएको बताउनुहुँदै दुई दिनको बिदाले विद्यार्थीको पठन समयमा फरक नपर्ने गरी ४५ दिनको वर्षे बिदालाई ३० दिनमा झारिएको बताउनुभयो ।

नीजि विद्यालयका सञ्चालकहरूले उठाएको संस्थागत विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूलाई चिकित्सा आयोगसहितका अन्य सरकारी निकायमा प्रदान हुने छात्रवृत्तिको विषयमा मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई यसमा प्राथमिकतामा राख्नु स्वभाविक भएको बताउनुभयो । 

उहाँले चिकित्सा शिक्षा ऐनमा सरकारले व्यापक परिमार्जन गर्ने तयारीमा रहेको बताउनुभयो । 

छलफलमा जनकपुर क्षेत्रका नीजि विद्यालयका सञ्चालकहरू, एनप्याब्सन तथा प्याब्सन, हिसान जस्ता संस्थाका प्रतिनिधिहरू सहभागीहरूको सहभागिता रहेको थियो ।

छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा, स्थानीय नेता जितेन्द्र महासेठ सहितका नेताहरू पनि सहभागी हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button