तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रम : सांसद्का प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिनुहुने

काठमाडौं । प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

संसद सचिवालयले यसअघि सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभाबाट जवाफ दिने उल्लेख थियो । तर अन्तिम समयमा कार्यसूची परिवर्तन गरी प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको हो । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । त्यसैगरी, राष्ट्रियसभाको बैठक १२ः१५ बजे बस्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button