मेची मातहतका पाँच वटा छोटी भन्सार वर्षौँदेखि बन्द
झापा । झापाको मेची भन्सार कार्यालय मातहतका पाँच वटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा छन् ।

राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि मेची भन्सार कार्यालय मातहत रहने गरी स्थापना गरिएका ६ वटा छोटी भन्सार कार्यालयमध्ये हाल एउटा मात्र सञ्चालनमा रहेको छ ।
मेची भन्सार कार्यालयअन्तर्गत गौरीगञ्ज २ मा आठ मौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगञ्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए ।
हाल गौरीगञ्ज–२ स्थित आठ मौजाबाहेक अरू छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो ।
आवश्यक पूर्वाधार र व्यवस्थापकीय कमीका कारण ती कार्यालय बन्द रहेको बताइएको छ ।







प्रतिक्रिया राख्नुहोस्