तपाईँ सुन्दै हुनुहुन्छः

‘उचित व्यवस्थापन विना जनताको घर भत्काउन पाइँदैन’

डडेल्धुरा । नेपाली काँग्रेसका पूर्व केन्द्रिय सदस्य नैनसिंह महरले उचित व्यवस्थापन विना जनताको घर भत्काउन नपाइने बताउनुभएको छ । 

शुक्रबार नेपाल प्रेस युनियन डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारले सुकुम्बासीका नाममा देशभर १२ लाख जनसङ्ख्या प्रभावित गरेको भन्दै उहाँले गर्भवती, सुत्केरी लगायत विभिन्न रोगले थलिएका नागरिक, स–साना बालबालिकालाई घरबारविहीन बनाउन नहुनेमा जोड दिनुभयो । 

नेपाली काँग्रेसले जनताका आधारभूत सिद्धान्त विपरीत वर्तमान सरकार सित कुनै पनि सम्झौता नगर्ने उहाँले स्पष्ट पार्नुभयो । विगतमा दलहरूका पनि कमीकमजोरी रहेको स्विकार्दै उहाँले जनताका लागि आवश्यक र उपयुक्त बजेट विनियोजनका लागि संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button