छतबाट खसेर मजदुरको मृत्यु
बैतडी । बैतडीको शिवथान गाउँपालिका– ६ सुल्लेखानमा घरको छलबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ ।
बर्दिया जिल्ला बाँसगढी नगरपालिका– ४ स्थायी घर भएका ६५ वर्षी जगतराम थारुको सुल्लेखानस्थित उद्धवसिंह धनाडीको घरको छतबाट लडेर मृत्यु भएको हो । पाटन–पञ्चेश्वर सडक खण्डमा कार्यरत थारु धनाडीको घरमा भाडामा बसिरहेका थिए ।
बिहान करिब ३–४ बजे बाथरुम गएका थारुको छतबाट लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्स्पेक्टर बल्देब बडूले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्