तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा हावाहुरीले आधा दर्जन बढी घर तथा सार्वजनिक संरचनामा क्षति 

सल्यान। सल्यानमा हावाहुरीले आधा दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ ।

प्रहरीका अनुसार आइतबार साँझ चलेको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा मानिसका घर गोठ तथा सार्वजनिक संरचनामा क्षति हुँदा लाखौँको नोक्सानी भएको छ । 

हावाहुरीले छत्रेश्वरी गाउँपालिका ४ जयचौर स्थित कोर्बाङ स्वास्थ्य चौकीको प्रशासनिक भवन, कालीमाटी गाउँपालिका ५ अमारेदमरका गणेश डाँगीको घर, शारदा नगरपालिका १३ साझखर्ककी तारी रोकाको घर नजिकै रहेको रुख ढल्दा दुई तले घर र टहरामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै शारदा नगरपालिका १ सुकेखोलाकी गिता केसी, शारदा नगरपालिका १४ की विष्णु कुमारी बुढाथोकीले घर, सल्यान जिल्ला अस्पतालको इमर्जेन्सी वाडको डाक्टर बस्ने काउन्टर, बागचौर नगरपालिका २ खरिबोट ५५ वर्षीय नन्दलाल वली बागचौर नगरपालिका २ लस्तम का ४३ वर्षीय निमराज डाँगीको घरको जस्तापाता उडाएको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ । 

पानी परि रहेको र क्षति विवरण सङ्कलन भइरहेकाले क्षतिको संख्या बढ्न सक्ने प्रहरीको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button