तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा जिप दुर्घटना : मृतकहरू सबैको पहिचान खुल्यो  

रोल्पा । हिजो रोल्पा जिल्लाको जलजला क्षेत्रमा लु १ ज ४१६७ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु भएका सबै २० जनाको पहिचान खुलेको छ । 

प्रहरीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्खबहादुर बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बुढाथोकी, १० वर्षीय दिव्यम बुढाथोकी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी, ४० वर्षीया ओमकुमारी बुढाथोकी, ६० वर्षीया मीना कामी, ६० वर्षीया लक्ष्मी शाह र २७ वर्षीया रुपमिना बस्नेत रहेका छन्। 

यस्तै रुकुम पूर्व भूमे गाउँपालिका–५ का टेकप्रसाद बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ। दाङ घोराही उपमहानगरपालिका–१५ रतनपुरका ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जिसी, ७ वर्षीय संयोग जिसी, उमेर नखुलेका यमबहादुर जिसी तथा घोराही–१३ निवासी धनमाया विष्टको पनि ज्यान गएको छ।

त्यसैगरी दाङ शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने–५ बस्दै आएका ४२ वर्षीय बेदु कामी (सवारी चालक) को पनि मृत्यु भएको छ।

दुर्घटनामा सिस्ने–५ निवासी ३२ वर्षीय समीर कामी घाइते भएका छन्। उनी जिपको छतबाट हाम फालेर बाँचेका थिए भने उपचारपछि घर फर्किएको बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button