एमाले अध्यक्ष ओलीद्वारा बुद्ध जयन्तीमा शान्ति, करुणा र सहिष्णुताको सन्देश
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सँजाल मार्फत बुद्धजयन्तीको अवसरमा शान्ति, करुणा र सहिष्णुताको सन्देश दिनुभएको छ।
सिद्धार्थ गौतमको जन्मजयन्तीको सन्दर्भमा अध्यक्ष ओलीले आजभन्दा करिब २६५० वर्षअघि यसै पावन दिनमा बुद्धको जन्म भई मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गर्नुभएको छ। उहाँले यही दिन बुद्धले बोध प्राप्त गरेको र मानव सभ्यताले भगवान गौतम बुद्धलाई प्राप्त गरेको बताउनुभएको छ।
अध्यक्ष ओलीले करिब २५७० वर्षअघि यही दिन बुद्ध महापरिनिर्वाणमा विलीन भएको स्मरण गर्नुहुँदै बुद्धको जीवनले सत्य, अहिंसा, करुणा र शान्तिको मार्ग देखाएको उल्लेख गर्नुभएको छ।
उहाँले बुद्ध जयन्तीको अवसरमा देशभित्र तथा विश्वभर शान्ति, सहिष्णुता र मैत्री भावको कामना व्यक्त गर्नुहुँदै सबैको अन्तर्मनमा करुणाको दीप बल्ने विश्वास व्यक्त गर्नुभएको छ।
“मानव सभ्यतालाई शाश्वत सन्देश दिने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु,” उहाँले सन्देशमा भन्नुभएको छ।








प्रतिक्रिया राख्नुहोस्