तपाईँ सुन्दै हुनुहुन्छः

भेट्रान कप फुटसलको उपाधि बैंकर्स एण्ड ब्रदर्सले जित्यो

नेपालगन्ज । भेट्रान कप फुटसल प्रतियोगिताको उपाधि बैंकर्स एण्ड ब्रदर्सले जितेको छ। 

नेपालगन्जको बैंकर्स एण्ड ब्रदर्सले दाङको टीम तुलसीपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसँगै बैंकर्सले ५० हजार र उपविजेता तुलसीपुरले २५ हजार पुरस्कार पाएको छ । प्रतियोगितामा उच्च स्कोरर बैंकर्सका यदुनाथ खनाल, उत्कृष्ट खेलाडी बैंकर्सका अभिजित सिंह, उत्कृष्ट गोलकिपरको पुरस्कार तुलसीपुरका नवीन देवकोटाले पाएका छन् ।

एफसी संघारी नेपालगन्जले आयोजना गरेको भेट्रान कप फुटसलमा १८ वटा टीमले भाग लिएका थिए । यो भेट्रान कप बाँकेमा भएको अहिलेसम्मको ठूलो धनराशिको हो । 

प्रतियोगितामा ३५ वर्ष माथिका खेलाडी सहभागी थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button