तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा पहिलो पटक महिला गोल्ड कप फुटबल हुने

पोखरा । पोखरामा शुक्रबार (वैशाख १८ गते) बाट सुरु हुने महिला गोल्डकप फुटबल प्रतियोगिता २०८३ मा चार क्लबले सहभागिता जनाउने भएका छन् । 

पोखरा रङ्गशालामा यही बैशाख २० सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा आयोजक आर.एस. पोखरा फुटबलसहित, नेपाल पुलिस क्लब, सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।  

प्रतियोगिताको उद्घाटन खेल आयोजक आर.एस. पोखरा फुटबल र नेपाल पुलिस क्लबबिच खेल हुने क्लबका अध्यक्ष रमेश कार्कीले बताउनुभयो । शनिबार सङ्कटा र त्रिभुवन आर्मी क्लब भिड्ने छन् भने आइतबार फाइनल खेल हुने छ । 

प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button