तपाईँ सुन्दै हुनुहुन्छः

सरकारलाई असफल हुने छुट छैन : प्रमुख सचेतक महर

धनगढी। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले सरकारले जनतामा आशा, विश्वास, भरोसा जगाएको बताउनुभएको छ । 

प्रेस चौतारी कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक महरले भारी जनमत प्राप्त वर्तमान सरकारलाई असफल हुने  छुट नरहेको बताउनु भयाे । 

सुशासन, लोकतन्त्र, सामाजिक न्यायका पक्षमा सरकार प्रतिबद्ध भएर अघि बढ्नु पर्नेमा उहाँले जोड् दिनुभयो । 

युवापुस्ताको भारी विश्वास रहेको वर्तमान सरकार असफल भएमा लोकतन्त्र खतरामा पर्ने सक्ने उहाँले औँल्याउनु भयाे । 

“प्रतिसोधको राजनीतिले निकास दिँदैन, सरकार त्यसमा लाग्न हुँदैन, उहाँले भन्नुभयो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button