तपाईँ सुन्दै हुनुहुन्छः

विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तीन उपसमिति गठन 

काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समिति अन्तर्गत तीन उपसमिति गठन गरिने प्रस्ताव सर्वसम्मतिले पास भएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति कृष्ण प्रसाद पौडेलले आवश्यकता, समयसीमा र विषयगत प्राथमिकता अनुसार तीन उपसमिति गठन गरिएको बताउनुभयो । 

सांसदहरूले मधेश प्रदेशको अनुगमनका क्रममा खानेपानी र सरसफाइको अवस्था दयनीय देखिएको बताउनुहुँदै मधेश प्रदेशमा बजेटको प्राथमिकता र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरूले मधेशको खानेपानी संकट, दलित, अपाङ्ग तथा उत्पीडित समुदायको हक–अधिकार सुनिश्चित गर्न तथा वास्तविक सुकुम्बासीका लागि सहज वातावरण निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।

सांसदहरूले पुराना पुस्ताका विशेषज्ञता, अनुभव र विचारलाई समेटी नयाँ सरकारले सबै पुस्ताका आवाजलाई समान रुपमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

समितिका उपसचिव नागेन्द्र प्रसाद चौधरीले सरकारका नीति तथा बजेटका प्राथमिकता, स्वास्थ्य सेवा पहुँच, दिगो विकासका लक्ष्य, सुशासन स्थापना, मधेश प्रदेशको स्वच्छ वातावरणको अवस्था लगायतका समसामयिक विषयहरूमा अध्ययन र अनुगमन गर्न उपसमितिहरू गठन गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button