तपाईँ सुन्दै हुनुहुन्छः

हिमाल आरोहीको सकुशल उद्धार

म्याग्दी । म्याग्दीको धवलागिरि  गाउँपालिका–४ स्थित धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । 

आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लिएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय मिङ्मा तेन्जि शर्मा गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उद्धार गरेर आज उपचारका लागि काठमाडौँ पठाइएको उद्धारमा संलग्न १४ समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिनुभयो । 

“बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्धारकर्मी परिचालन गरी शनिबार राती मिङ्मालाई आधार शिविर ल्याएका थियौँ,” उहाँले भन्नुभयो “अचेत भेटिएका उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button