तपाईँ सुन्दै हुनुहुन्छः

इलाम गोल्डकप : मच्छिन्द्र क्लब च्याम्पियन 

इलाम । इलाममा सम्पन्न तेस्रो संस्करणको इलाम गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौँले जितेको छ।

फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा मच्छिन्द्रले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्‍यो।

खेलको ४७औँ मिनेटमा जर्सी नम्बर १७ का सौरभ लिम्बुले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि, ५०औँ मिनेटमा जर्सी नम्बर ८८ का मिलन चाम्लिङले अर्को गोल थप्दै टोलीलाई २–० को मजबुत अवस्थामा पुर्‍याए।

दुवै गोलपछि मच्छिन्द्रले खेलमा पकड जमाएको थियो भने एनआरटीले फर्कने प्रयास गरे पनि सफल हुन सकेन। मच्छिन्द्रका डिफेन्स र गोलकिपरको उत्कृष्ट प्रदर्शनले विपक्षी टोलीलाई गोलरहित बनायो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मच्छिन्द्रका प्रदीप बुढाथोकी ‘म्यान अफ द म्याच’ घोषित भए।

उपाधिसँगै मच्छिन्द्रले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एनआरटीले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ।

रेड हर्ष फुटबल क्लबद्वारा आयोजित प्रतियोगिता बैशाख १२ गतेसम्म सञ्चालन भएको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button