तपाईँ सुन्दै हुनुहुन्छः

सडक विस्तारले भूमिहीन बनेकालाई राहत दिन वीरगंज महानगरको लगत सङ्कलन सुरु

वीरगंज।वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्णरूपमा भूमिहीन बनेका घरधनी तथा बसोबासीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले लगत सङ्कलन प्रक्रिया सुरु गरेको छ।

महानगरपालिकाले शुक्रवार सूचना जारी गर्दै राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्रभित्र सडक विस्तारका क्रममा डोजर प्रयोग गरी संरचना हटाइएपछि पूर्णरूपमा भूमिहीन बनेका नागरिकहरूलाई आफ्नो विवरण पेश गर्न आह्वान गरेको छ ।

सडक विस्तारको क्रममा भूमिहीन भएका मुख्य सडकवासीहरू जसका देशका अन्य स्थानमा समेत कुनै घर–जग्गा नभई पूर्णरूपमा भूमिहीन बनेका व्यक्तिहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले विवरण सङ्कलन गर्न लागिएको े नगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । महानगरपालिकाले प्रभावित सबैलाई ३० दिनभित्र आवश्यक कागजातसहित आफ्नो विवरण बुझाउन अनुरोध गरिएको उहाँले बताउनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा हालै सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार लगत सङ्कलन प्रक्रिया अघि बढाइएको हो ।

सङ्कलित विवरणको यथार्थ छानबिनपछि पूर्णरूपमा प्रभावित नागरिकहरूलाई राहत उपलब्ध गराउन सङ्घीय सरकारसमक्ष सिफारिस गरिने नगरप्रमुख सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button