तपाईँ सुन्दै हुनुहुन्छः

सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार क्रियाशील : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारी सेवा प्रवाहलाई जनमैत्री एवं थप प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनु भएको छ । 

कैलालीको बलियमा आज यातायात व्यवस्था सेवा कार्यालयको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री शाहले सरकारी सेवा सुविधा जनताले सहज रुपमा पाउन् भन्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभयो । 

सरकार जनताप्रति उत्तरदायी, जबाफदेही हुँदै विकास र समृद्धिको यात्रामा अघि बढिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री शाहले यातायात व्यवस्था सेवा कार्यालयको स्थापनाले पूर्वी क्षेत्रका जनतालाई सरकारी सेवा लिन सहजता हुने बताउनुभयो ।

कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा यातायात व्यवस्था सेवा कार्यालय स्थापना भएसँगै लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, जानकी गाउँपालिका, टिकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका र आसपास क्षेत्रका जनताले सेवा सुविधा पाउने छन् । 

सुदूरपश्चिम प्रदेशभित्र धनगढी, महेन्द्रनगर, डोटी र डडेल्धुरा यातायात व्यवस्था कार्यालय सञ्चालनमा रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button