तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको प्रमुख सचेतकमा महर

काठमाडौँ । प्रतिनिधिसभामा नेकपा (एमाले) को प्रमुख सचेतकमा ऐनबहादुर महरलाई मनोनयन गरिएको छ ।

एमाले संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतकमा मनोनयन गर्नुभएको हो । 

एमालेको सङ्घीय संसदीय दलको विधान २०७७ बमोजिम आजदेखि लागू हुने गरि महरलाई प्रतिनिधि सभाको प्रमुख सचेतकमा मनोनयन गरिएको हो । 

महर गत फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा बझाङबाट निर्वाचित हुनुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button