पशुपतिनगर नाका पुनः खुला, आवागमन र व्यापारिक गतिविधि सामान्य अवस्थामा फर्कियो
इलाम । छिमेकी देश भारतको पश्चिम बंगालमा सम्पन्न भएको विधानसभाको निर्वाचनलाई लक्षित गर्दै अस्थायी रूपमा बन्द गरिएको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा पुनः खुलेको छ ।
जिल्ला इलाम, सूर्योदय नगरपालिका–२ स्थित पशुपतिनगर नाका मिति २०८३ वैशाख ७ गते साँझ १८:१५ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि बन्द गरिएको थियो ।
निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै आज बिहान ०६:२० बजेदेखि उक्त नाका पुनः सञ्चालनमा आएको हो ।
सीमा खुला भएसँगै आवतजावत तथा व्यापारिक गतिविधि सामान्य अवस्थामा फर्किएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्