निर्माण सामग्रीको मूल्य वृद्धि विरुद्ध डडेल्धुराका व्यवसायीको ज्ञापनपत्र

डडेल्धुरा । मूल्य वृद्धिका कारण निमार्ण व्यवसायीहरूलाई मर्का परेको भन्दै निर्माण व्यवसायी संघ डडेल्धुराले सोमबार प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला मार्फत ज्ञापनपत्र बुझाएका छन् ।
संघका अध्यक्ष रामबहादुर विष्टद्वारा जारी पत्रमा इन्धनको मूल्य ४० देखि १२० प्रतिशत सम्म भएको मूल्य वृद्धि अस्वाभाविक रुपमा बढ्दा निमार्ण व्यवसायीहरू समस्यामा रहेकोले छड, सिमेन्ट लगाएतका सामाग्री खरिद गर्न नसकिने उल्लेख छ ।
सङ्घले मूल्य समायोजनको मार्ग निर्देशिका–२ तत्काल जारी गर्न र मूल्य वृद्धिको समायोजन नभए “कन्ट्रक्सन होलिडे” घोषणा गरिएको जानकारी समेत दिएको छ । जिल्लामा हाल सम्म २०० बढी निमार्ण व्यवसायीहरू आवद्ध छन् ।







प्रतिक्रिया राख्नुहोस्