तपाईँ सुन्दै हुनुहुन्छः

अजयमेरु गाउँपालिकाले मङ्गलवारदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले चालु शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान बैशाख ८ गते मङ्गलवारदेखि गर्ने निर्णय गरेको छ ।

शिक्षा तथा मानव स्रोत विकासको २०८२ चैत २६को निर्णय अनुसार विद्यार्थी भर्ना अभियान बैशाख १५ गतेबाट र बैशाख २१ गतेबाट नियमित पठनपाठन गर्ने भन्दै स्थानीय तहलाई पत्राचार गरिएको भए पनि सरोकारवालाहरूको छलफलबाट बैशाख ८ गते भर्ना अभियान, पाठ्यपुस्तक वितरण र बैशाख १५ गतेबाट नियमित पठनपाठन सुरु हुने गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास) द्वारा जारी सूचनामा उल्लेख छ ।

अजयमेरु गाउँपालिकामा रहेका विद्यालयहरूलाई उक्त समयमा भर्ना, पाठ्यपुस्तक वितरण र नियमित पठनपाठनका लागि सूचना जारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button