इलाममा जङ्गली चितुवाको आक्रमणबाट दुईजना घाइते

इलाम। इलामको सन्दकपुर गाउँपालिका–१ आलुबारीमा जङ्गली चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन्।
आज बिहान करिब ११:०० बजे भएको उक्त घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बन्दुकेबाट खटिएको टोलीले घटनास्थल पुगेर विवरण सङ्कलन गरेको थियो।
आक्रमणबाट स्थानीय ४२ वर्षीय धनबहादुर राईको टाउको, निधार र गालामा चोट लागेको छ भने अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेका छन्। त्यस्तै ४० वर्षीय प्रेम राईको अनुहार, दुवै हात र आँखामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्