तपाईँ सुन्दै हुनुहुन्छः

जेविएम फुटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको फाइनलमा

नेपालगञ्ज । जेविएम फुटबल एकेडेमी लखनउ प्रथम खजुरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवललाई ३–१ गोल अन्तरले हराउँदै जेविएम फुटबल एकेडेमी ‘एम्टी एरिना’ प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।  

न्यू डाँफे स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखि प्रतियोगिता सुरु भएको हो । नकआउट आधारमा खेलाइने प्रतियोगिता वैशाख ६ गतेसम्म चल्ने प्रतियोगिताका प्रचार संयोजक खगेन्द्र दाहालले जानकारी दिनुभयो । प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्श एफसी नवलपरासी, एपीएफ काठमाडौँ र नाइजेरियन जोन क्लब नाइजेरिया गरी ८ टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेता टिमले नगद ७ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विजेता पुरस्कार खजुराबासी हाल अमेरिका निवासी लीलबहादुर थापाको सौजन्यमा प्रदान गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button