इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित र छ जना यात्रुको मृत्यु भएको यातायात मन्त्रालयले शुक्रबार जनाएको छ ।
म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको जनाइएको छ ।
विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले विज्ञप्ति मार्फत जनाउनु भएको छ । सुचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेकिप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
शवहरू प्रान्तीय राजधानी पोन्टियानाकमा लगिएको मेडले बताउनु भएको छ ।
यस अघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकप्टर सुलावेसी टापुको पाहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो ।
गत वर्षको सेप्टेम्बरमा, दक्षिण कालिमान्टन प्रान्तमा छ जना यात्रु र दुई जना चालक दलका सदस्य बोकेको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार सबै यात्रर तथा चालक दलका सदस्यहरुको मृत्यु भएको थियो ।
यस अघि इलागाको दुर्गम पपुवा जिल्लामा अर्को हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्