तपाईँ सुन्दै हुनुहुन्छः

किशोरी सशक्तीकरणका लागि चन्द्रपुरमा नगर स्तरीय फुटबल प्रतियोगिता सुरु

रौतहट । चन्द्रपुर नगरपालिकामा किशोरी सशक्तीकरण तथा लैङ्गिक हिंसा न्यूनीकरणलाई लक्ष्य गर्दै नगरस्तरीय किशोरी फुटबल प्रतियोगिता सुरु भएको छ ।

“हाम्रो गोल, लैङ्गिक हिंसाविरुद्ध बोल” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताको उद्घाटन चन्द्रपुर नगरपालिका–६ स्थित हातेमालो शेरबहादुर दर्लामी खेल मैदानमा गरिएको हो । प्रतियोगिता इस्लामिक रिलिफ नेपाल, आड्रा नेपाल, ग्रामीण विकास केन्द्र र चन्द्रपुर नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छ ।

उद्घाटन समारोहमा बोल्दै चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले फुटबलजस्ता खेलकुदले किशोरीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै लैङ्गिक हिंसा न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलमार्फत सामाजिक सचेतना फैलाउने प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा नगरपालिकाले यस्ता कार्यक्रमलाई थप प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष संजय कार्कीले किशोरीहरूलाई जागरूक र सचेत बनाउन खेलकुद प्रभावकारी माध्यम हुने बताउनुभयो। उहाँले समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै क्षेत्र गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा चन्द्रपुर नगरपालिकाका विभिन्न वडाका नौ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button