गण्डकी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन
कास्की। गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ।

पुनर्गठनसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त भई सपथ ग्रहण गर्नु भएको छ ।
नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बन्नुभएको छ । यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ । त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा रेखा गुरुङ वन तथा वातावरण मन्त्री बन्नु भएको छ।
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण गरेर आजै देखी पदभार ग्रहण गर्नु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्