प्रधानमन्त्री शाहद्वारा नयाँ वर्ष २०८३ को शुभकामना
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ।
मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले ‘सर्वे भवन्तु सुखिनः’ मन्त्र उद्धृत गर्नुहुँदै सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने कामना गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्।। हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्। नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’









प्रतिक्रिया राख्नुहोस्