तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त बैठकमा सम्बोधनका लागि राष्ट्रिय सभाबाट राष्ट्रपतिप्रति धन्यवाद

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आज राष्ट्रपति राम चन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि धन्यवादको प्रस्तावलाई सभाबाट सहमति प्राप्त भएको बताउनुभयो ।

बैठकमा राष्ट्रिय सभाका अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यभार हेरफेर सम्बन्धि पत्रको ब्यहोरा जानकारी गराउनुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालले संयुक्त समितिहरूका लागि सदस्यहरूको मनोनयनलाई सभाबाट सहमति प्राप्त भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button