तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौँ । काठमाडौँ उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज यहाँ जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको  सहभागितामा छलफल कार्यक्रम गरेको छ । 

प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको प्रमुख आतिथ्यमा भएको छलफलमा ट्राफिक व्यवस्थापनका  चुनौतीबारे गहन छलफल भएको थियो । 

त्यस अवसरमा सांसद गजुरेलले सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बहन गरिरहेको उल्लेख गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग, पर्याप्त जनशक्ति र उपकरणको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तर्राष्ट्रिय विकासका जानकार तथा मेकानिकल इन्जिनियर रामचन्द्र थापाले सडक पूर्वाधारसँग सम्बन्धित प्राविधिक पक्षबारे जानकारी दिनुभयो । उहाँले पूर्वाधार सुधारको आवश्यकता औँल्याउँदै दीर्घकालीन योजनामा जोड दिनुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले सडकमा परिचालित ट्राफिक प्रहरीले विभिन्न जोखिम मोलेर  आफ्नो कर्तव्य निर्वाह गरिरहेका बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button