तपाईँ सुन्दै हुनुहुन्छः

शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चार विधामा अध्यापन हुने 

धनगढी  । कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबिबिएससहित चार विधामा अध्यापन हुने भएको छ । 

विश्वविद्यालय चौथो सभा बैठकपछि आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा।सुनिल कुमार जोशीले पहिलो चरणमा एमबिबिएस, विएस्सी नर्सिङ, एमएलटी र अष्टोमेट्रीका कक्षा सञ्चालन गरिने  बताउनुभयो । 

उहाँले त्यसका लागि आवश्यक तयारी भइरहेको र एमबिबिएसमा ५० जना, नर्सिङमा ३० जना, एमएलटीमा २० जना, अष्टोमेट्रीमा २० जना विद्यार्थी भर्ना गरिने योजना रहेको बताउनुभयो। 

उपकुलपति जोशीले हाल गेटामा सञ्चालन भइरहेको एक सय शय्याको अस्पताललाई  ३ सय शय्याको अस्पतालमा स्तरोन्नति गरिने जानकारी दिनुभयो । उहाँले गेटा अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गरिने सरकारी लक्ष्य रहेको बताउनुभयो ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको सभामा मुख्यमन्त्री कमल बहादुर शाह, पदाधिकारी तथा सदस्य एवं उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता रहेको थियो ।

सभा बैठकले विभिन्न निर्णय गरेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button