बैतडीमा माटो परीक्षण ल्याब स्थापना

बैतडी । चैत्र २४ गते बैतडीको दशरथ चन्द नगरपालिका स्थापना भएको दिन । यस पटक नगर स्थापना दिवसको अवसरमा नगरपालिकाद्वारा मङ्गलवार माटो परिक्षण प्रयोगशालाको उद्घाटन र कृषि एम्बुलेन्सको औपचारिक सञ्चालन गरिने भएको छ ।
नगरपालिकाको ३० औँ स्थापना दिवसको अवसरमा उक्त काम गर्न लागिएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले बताउनुभयो ।
यस्तै स्थापना दिवसकै अवसरमा नगरपालिकाले खरिद गरेको शव वाहन मार्फत शव वाहन सेवा समेत सञ्चालन गर्न लागिएको विष्टले बताउनुभयो ।
चुनावी घोषणापत्रमा दशरथचन्द नगरपालिकाका मेयर पुष्करराज जोशी (लख्खाभाई) ले गरेको प्रतिबद्धता अनुसार उक्त कामहरू गर्न लागिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्