मन्त्री पोखरेलद्वारा फाप्ला क्रिकेट मैदानको स्थलगत निरीक्षण
धनगढी । शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले फाप्ला क्रिकेट मैदानको पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानको आज स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री पोखरेलले खेलकुद क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले राष्ट्रिय गौरवको आयोजना फाप्ला क्रिकेटको पूर्वाधार विकासको स्रोतका लागी सम्वद्ध मन्त्रालय तथा सरोकार निकायसँग छलफल भइरहेको बताउनुभयो । मुलुकको समग्र विकाससँगै शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकासलाई सरकारको महत्व दिएको र त्यसका लागि आवश्यक स्रोत सुनिश्चित गर्न सरकार संवेदनशील रहेको बताउनुभयो ।
मन्त्री पोखरेल सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभा बैठकमा सहभागी हुनका लागी आज धनगढी आईपुग्नु भएको हो । उहाँ गेटामा रहेको विश्वविद्यालयको चौधौँ सभा बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । उक्त विश्वविद्यालयको सभा बैठक भोली बिहान ९ बजे देखी गेटामा शुरु हुने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्