तपाईँ सुन्दै हुनुहुन्छः

खाम भाषाका कार्यक्रम प्रवर्द्धन गर्ने विषयमा रेडियो नेपाल र रोल्पा नगरपालिकाबीच छलफल 

रोल्पा ।  रेडियो नेपाल लुम्बिनी प्रादेशिक प्रसारण कार्यालय दाङका कार्यालय प्रमुख सूर्य बहादुर विष्ट र रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीबीच समसामयिक विषयमा छलफल भएको छ।

रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण, सूचनामूलक सामग्रीको प्रवाह, स्थानीय तहका विज्ञापन प्रसारण र विशेषगरी मगर खाम भाषाका कार्यक्रमलाई प्रवर्द्धन गर्ने विषयमा केन्द्रित भएर उहाँहरुबीच छलफल भएको हो ।

छलफलका क्रममा नगरप्रमुख थापा घर्तीले स्थानीय भाषा, संस्कृति र पहिचान जोगाउन मगर खाम भाषाका कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको प्रवर्द्धनका लागि आवश्यक बजेट सुनिश्चित गरी सहकार्य गर्न सकिनेमा नगरपालिका तयार रहेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button