तपाईँ सुन्दै हुनुहुन्छः

मालपोत कार्यालय भरतपुरबाट १६ जना बिचौलिया नियन्त्रणमा 

चितवन । मालपोत कार्यालय भरतपुरबाट  १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

उनीहरुलाई कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको  चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो  ।

त्यस्तै मालपोत कार्यालयले एक सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरूको प्रवेशमा रोक लगाएको छ ।

साथै, भू–सेवा सञ्चालकहरूले कार्यालय प्रवेश गर्दा अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यस्तै यातायात व्यवस्था कार्यालय चितवनले पनि बिचौलिया र अनधिकृत मानिसलाई कार्यालय प्रवेशमा रोक लगाएको छ । 

ती कार्यालयले सेवाग्राहीहरूलाई अनधिकृत व्यक्तिको भर नपर्न र आधिकारिक प्रक्रिया अपनाउन समेत आग्रह गरेको छ।

यसैगरी भरतपुर अस्पताल बाहिर खुल्ला व्यापार गर्ने ४ जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिइएको छ  ।अस्पतालको मूल गेटमा बसेर पानी, मास्क लगायतका सामान बेच्ने उनीहरूलाई नियन्त्रणमा लिइएको  प्रहरी प्रमुख  पुरीले जानकारी दिनुभयो ।

अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीलाई अवरोध पुर्‍याउने, दर्ता नगरी सानो व्यवसायी गरेको, दुख हैरानी दिएर उनीहरूलाई पक्राउ गरेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button