एसइई परीक्षामा झापामा १७ हजार ६६३ जना विद्यार्थी सहभागी हुँदै
भद्रपुर, झापा । भोलि बिहीबारदेखि सुरु हुने एसइई परीक्षामा झापामा यस वर्ष १७ हजार ६६३ जना विद्यार्थी सहभागी हुँदैछन् ।
नियमित परीक्षार्थी १५ हजार ४०१ , नियमित प्राविधिक धारतर्फ ५७४ र बाँकी ग्रेड वृद्धिका परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले जानकारी दिनुभएको छ ।
परीक्षामा सामुदायिक १६३ र संस्थागत २४५ गरी ४०८ वटा विद्यालय सहभागी हुँदैछन् ।
नियमिततर्फ ७ हजार ७२३ छात्रा र ७ हजार ६७८ छात्र तथा ग्रेड बुद्धितर्फ १ हजार २०९ छात्रा र १ हजार ५३ छात्र परीक्षामा सहभागी हुन लागेको बस्नेतले जानकारी दिनुभयो । उहाँले परीक्षक लागि आवश्यक सबै तयारी पूरा भएको पनि जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्