तपाईँ सुन्दै हुनुहुन्छः

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

बर्दिया । बर्दियामा घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको ज्यान गएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको भाले हात्तीले खोलामा नुहाउँदै गर्दा माहुतेलाई आक्रमण गरेको थियो । हात्तीसारमा कार्यरत मधुवन नगरपालिकाका गङ्गाराम थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

हात्तीलाई नुहाउने क्रममा उनलाई आक्रमण गरेको थियो । थारूले लामो समयदेखि सोही हात्तीलाई स्याहार गर्ने र चलाउने गर्दै आएका थिए । 

माहुते थारूलाई आक्रमण गरी मारेपछि हात्तीले शव नछोड्दा उद्धार गर्न कठिनाइ भएको थियो । मात्तिएको हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिई थारूको उद्धार गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं प्रमुख अशोक कुमार रामले बताउनुभयो । 

उहाँले लामो समय अगाडि देखिको रिसिइबीका कारण हात्ती रिसाएर आक्रमण गरेको हुनसक्ने बताउनुभयो । 

थारूको शव पोष्टमार्टमका लागि पठाइएको छ । यसअघि पनि बर्दियामा घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button