हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
बर्दिया । बर्दियामा घरपालुवा हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको भाले हात्तीले खोलामा नुहाउँदै गर्दा माहुतेलाई आक्रमण गरेको थियो ।
मृत्यु हुनेमा हात्तीसारमा कार्यरत मधुवन नगरपालिकाका गङ्गाराम थारू हुनुहुन्छ । हात्तीलाई नुहाउने क्रममा उहाँलाई आक्रमण गरेको थियो । थारूले लामो समय देखि सोही हात्तीलाई स्याहार गर्ने र चलाउने गर्दै आउनुभएको थियो ।
माहुते थारूलाई आक्रमण गरी मारेपछि हात्तीले शव नछोड्दा उद्धार गर्न कठिनाइ भएको थियो । मात्तिएको हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिई थारूको उद्धार गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत एवं प्रमुख अशोक कुमार रामले बताउनुभयो । उहाँले लामो समय अगाडि देखिको रिसिइबीका कारण हात्ती रिसाएर आक्रमण गरेको हुनसक्ने बताउनुभयो ।





प्रतिक्रिया राख्नुहोस्