तपाईँ सुन्दै हुनुहुन्छः

“महाकाली संवाद” डडेल्धुरामा सम्पन्न

डडेल्धुरा । दुई देशको महाकाली नदी आसपासका बासिन्दा बिचको महाकाली संवाद डडेल्धुरामा सम्पन्न भएको छ । 

बुधबार नेपाल र भारतको भूभाग भई वहने महाकाली नदी वरपरका बासिन्दा तथा सरोकारवाला संघ संस्था र दुवै देशका स्थानीय सरकारबिच संवाद गरिएको हो ।

अक्सफाम नेपालद्वारा सञ्चालित दक्षिण एसियाका सीमापार नदीहरूका क्षेत्रमा काम गर्ने “ट्रोसा परियोजना– २” लगायत नेपाल र भारतका गरि ६ वटा गैरसरकारी संस्थाले महाकाली नदी क्षेत्रमा गरेका कामहरू र आगामी रणनीतिबारे छलफल गरिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउँदले जानकारी दिनुभयो ।

परियोजना सञ्चालन गर्न पूर्व महिलाहरू चुल्हो चौकोमै सीमित रहेकोमा सुद्ध पिउने पानीको प्रयोगबारे थाहा नभएकोले अव नीतिगत रुपमा दुवै देशले एक अर्काको पर्यावरणीय अधिकारलाई समेत आत्मसम्मान हुने गरी अगाडी बढ्नुपर्ने पिथौरागढको धार्चुलाकी यशोदा भटले बताउनुभयो । 

भारतको उत्तराखण्ड प्रदेशको “नन्दादेवी पर्वत देखि नेपालको कञ्चनपुरसम्म” २२३ किलोमिटर क्षेत्रफल भई वहने महाकालीलाई भारतमा शारदा नदीका नामले चिनिन्छ । उक्त नदी आसपासका बासिन्दाहरूबाट सुद्ध पिउने पानीको प्रयोग मापन गर्ने, उत्थानशीलका कार्यक्रमहरू आयोजना गर्ने, आयस्तरमा वृद्धि गर्ने गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button