तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते 

चितवन । चितवनको मुग्लिङ नजिकै जलबिरेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार माडी नगरपालिका वडा नम्बर ६ का २६ वर्षीय शङ्कर सुनार रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ जलबिरेमा शनिवार राति करिब ११ः३० बजे मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको १–२–००२ ख ०४३९ नम्बरको आइचर ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००७ प ५१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुनारको उपचारका क्रममा आज दिउसो मृत्यु भएको हो । अर्का घाइते, सोही वडाकै २८ वर्षीय मौसम रामदामको हाल भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनापछि ठक्कर दिने ट्रक र त्यसका चालक, उदयपुर कटारी नगरपालिका–२ बस्ने ३२ वर्षीय खिलराज थापालाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button