तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहद्वारा अध्यक्ष ओलीप्रति समवेदना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली अध्यक्ष ओलीप्रति समवेदना दिनुभएको छ ।

झापा–५ बाट निर्वाचित नेता शाहले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै केही समयअघि आफूले पिता गुमाएकाले पिता जस्तो रक्षक, गुरु र देवता अरू कोही हुन्न भन्ने संस्कृत श्लोकको स्मरण गर्नुभएको छ । 

“पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने मैले महसुस गरेको छु । पूर्वप्रधानमन्त्री ओलीमा पर्न गएको पितृ शोकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”, शाहको सन्देशमा भनिएको छ । यसअघि रास्वपाका अध्यक्ष रवि लामिछानेले अध्यक्ष ओलीप्रति समवेदना दिनुभएको थियो ।

दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button