रास्वपा र कांग्रेसद्वारा एमाले अध्यक्ष ओलीको पिताको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जाल (फेसबुक)मार्फत उहाँले भन्नुभएको छ, “यस दुःखद् घडीमा दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।”
त्यसैगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सभापति थापाले भन्नुभएको छ, “शोकमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”








प्रतिक्रिया राख्नुहोस्