तपाईँ सुन्दै हुनुहुन्छः

सहरीकरणको चपेटामा पहाडी गाउँ : खेतियोग्य जमिन विनाशको जोखिम

बाजुरा । बाजुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँहरू पछिल्ला वर्षहरूमा तीव्र रूपमा सहरीकरण हुँदै गइरहेका छन् । 

सङ्घीयता कार्यान्वयनसँगै बढेको बजारीकरण, सडक विस्तार र बसोबासको स्वरूप परिवर्तनका कारण गाउँका उर्वर खेतियोग्य जमिन विनाश हुने जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । विशेष गरी बाजुराका फालासैन, ताप्रीसेरा, डोगडी, कोल्टी, पिलुचौर, धुलाचौर तथा जुड्डीलगायतका क्षेत्रहरूमा विगतमा धान, गहुँ, कोदो, मकै जस्ता अन्नबाली फल्ने खेत अहिले कङ्क्रिटका घर, पसल, होटल तथा अन्य भौतिक संरचनाले भरिँदै गएका छन् । खेतीयोग्य फाँट र पाखामा धमाधम ठूला–ठूला घर निर्माण हुँदा परम्परागत कृषि प्रणाली सङ्कटमा परेको स्थानीयको भनाइ छ।

स्थानीय कृषकहरूका अनुसार पहिले परिवारको वर्षभरिको खान पुग्ने खेत अहिले घडेरीमा परिणत भएका छन् । विज्ञहरूका अनुसार पहाडी जिल्लामा सीमित मात्रामा उपलब्ध खेतीयोग्य जमिन संरक्षण गर्न नसके भविष्यमा खाद्य सङ्कटको खतरा बढ्ने सङ्केत देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button