दाउन्नेमा सवारी आवागमन एकतर्फी

बर्दघाट। पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा गाडी चिप्लिँदा राजमार्गमा सवारी आवागमनमा कठिनाइ भएको छ। बिहान परेको सामान्य वर्षापछि सडक चिप्लो बनेका कारण सवारीसाधन चिप्लिएर सहज रूपमा यातायात चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बिहान करिब ७ बजेदेखि राजमार्गमा आवागमन प्रभावित भएको छ। विनयि त्रिवेणी गा।पा। वडा न-२ दाउन्ने स्थित किरण होटेल नजिकै सडक भासिएको ठाउँमा लगातार वर्षाका कारण सडक सतह चिप्लो भई सवारी साधन आवतजावतमा समस्या भएकोले करिब १५० वटा गाडी दुई तर्फी क्युमा रहेको र बाटो खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ।
निर्माणाधीन दाउन्ने सडक खण्डमा धुलाम्मे सडकमा पानी परेपछि सडक अत्यन्तै चिप्लो बनेको र त्यसका कारण सवारीसाधन सञ्चालनमा समस्या भएको हो । सडक चिप्लो हुँदा विशेष गरी भारी सवारीसाधन सञ्चालन गर्न कठिन भएको बताइएको छ।








प्रतिक्रिया राख्नुहोस्